वास्तवमा, व्यवस्थाअनुसार रगतले प्राय: सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन। यदि स्वर्गीय कुराहरूका नमूनालाई शुद्ध पार्न यी विधिहरू चाहिए भने स्वर्गकै कुराहरूलाई शुद्ध पार्नु त अझ उत्तम बलिको आवश्यकता पर्यो। ख्रीष्ट हातले बनाएको पवित्रस्थानभित्र प्रवेश गर्नुभएन, जोचाहिँ साँचो पवित्रस्थानको नकल मात्र हो, तर उहाँ स्वर्गभित्रै प्रवेश गर्नुभयो, र उहाँ हाम्रो पक्षमा परमेश्वरको सामु उपस्थित हुनुभएको छ। येशू आफैलाई बारम्बार बलि चढ़ाउन स्वयम् पस्नुभएको होइन, जसरी प्रधान पूजाहारी सालिन्दा आफ्नै रगत होइन, तर अर्काको रगत लिएर महापवित्र स्थानभित्र प्रवेश गर्ने गर्दछन्। नत्रता संसारको उत्पत्तिदेखि नै उहाँले बारम्बार दुःख भोग्नुपर्नेथियो। तर यस युगको अन्त्यमा आफ्नै बलिद्वारा पाप हटाउनलाई उहाँ सधैँको निम्ति एकै पल्ट प्रकट हुनुभएको छ। जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ, त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति।
हिब्रू 9 पढ्नुहोस्
सुन्नुहोस् हिब्रू 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 9:22-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू