किनकि जहाँ इच्छापत्रको प्रश्न छ त्यहाँ इच्छापत्र लेख्नेको मृत्यु भएको प्रमाणित हुनुपर्दछ। उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ, किनकि इच्छापत्र दिने बाँचुञ्जेल त्यो पक्का ठहर्दैन। यसकारण पहिलो करार पनि रगतविना पक्का हुन सकेन। जब मोशाले व्यवस्थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसके, तब उनले बाछा र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसपका स्याउलासहित, व्यवस्थाको पुस्तकमाथि र सबै मानिसहरूमाथि छर्के। अनि उनले यसो भने, “परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएको करारको रगत यही हो।” यसै गरी उनले पवित्र वासस्थानमाथि र आराधनामा चलाइने सबै भाँड़ाहरूमाथि त्यसै किसिमले रगत छर्के। वास्तवमा, व्यवस्थाअनुसार रगतले प्राय: सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन।
हिब्रू 9 पढ्नुहोस्
सुन्नुहोस् हिब्रू 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 9:16-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू