हिब्रू 9:11-15

हिब्रू 9:11-15 NNRV

जब ख्रीष्‍ट अघिबाटै आइसकेका असल कुराहरूका प्रधान पूजाहारी भएर आउनुभयो, उहाँ अझ महान्‌ र सिद्ध पवित्र वासस्‍थानद्वारा जानुभयो, जो हातले बनेको होइन, अर्थात्‌ यस सृष्‍टिको अङ्ग होइन। बोका र बाछाहरूको रगतले होइन, तर आफ्‍नै रगतद्वारा अनन्‍त उद्धार प्राप्‍त गरिदिएर सधैँको निम्‍ति एकै पल्‍ट महापवित्र स्‍थानभित्र उहाँ प्रवेश गर्नुभयो। बोका र साँढ़ेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमाथि छर्कदा तिनीहरूको शरीर शुद्ध हुन्‍छ भने, ख्रीष्‍टको रगतले त झन्‌ कति बढ़ी गरी तिमीहरूका विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्नेछ, ताकि तिमीहरू जीवित परमेश्‍वरको सेवा गर्न सक। किनकि उहाँले अनन्‍त आत्‍माद्वारा आफैलाई निष्‍खोट बलिको रूपमा परमेश्‍वरलाई अर्पण गर्नुभयो। यसैकारण उहाँ नयाँ करारका मध्‍यस्‍थ हुनुहुन्‍छ, यस हेतुले कि बोलावट भएकाहरूले प्रतिज्ञा गरिएको अनन्‍त उत्तराधिकार प्राप्‍त गरून्, किनकि एक जनाको मृत्‍युको मोल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएका अपराधहरूबाट उद्धार पाइन्‍छ।