हिब्रू 7:11-17

हिब्रू 7:11-17 NNRV

अब यदि लेवीको पूजाहारी पदद्वारा सिद्धता प्राप्‍त हुँदो हो त (किनभने यसैको आधारमा मानिसहरूलाई व्‍यवस्‍था मिलेको थियो) हारूनको दर्जाबमोजिम नै नभएर फेरि मल्‍कीसेदेकको दर्जाअनुसार अर्को पूजाहारी खड़ा हुनलाई के जरूरत पर्थ्‍यो? किनकि पूजाहारी पद बद्‌लिँदा व्‍यवस्‍था पनि बद्‌लिनैपर्छ। किनकि जसको विषयमा यी कुराहरू भनिएका हुन्, उहाँ त अर्कै कुलका हुनुहुन्‍छ, जुन कुलबाट कसैले पनि कहिल्‍यै वेदीमा सेवा गरेको छैन। किनभने यो प्रष्‍टै छ, कि हाम्रा प्रभु त यहूदाको कुलबाट उत्‍पन्‍न हुनुभएको हो। यस कुलको विषयमा पूजाहारीहरूका सम्‍बन्‍धमा मोशाले केही पनि भनेका छैनन्‌। यदि मल्‍कीसेदेकजस्‍तै अर्को पूजाहारी खड़ा हुने हो भनेता यो कुरा अझ बढ़ी प्रष्‍ट हुन्‍छ, जो पुर्ख्‍यौलीसम्‍बन्‍धी नियमको आधारमा होइन, तर अविनाशी जीवनका शक्तिको आधारमा पूजाहारी बनेका छन्‌। किनकि उहाँको गवाही यो छ, “मल्‍कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ।”