हिब्रू 6:9-13

हिब्रू 6:9-13 NNRV

हामीले यस्‍ता कुरा भने तापनि तिमीहरूका विषयमा चाहिँ, प्रिय हो, मुक्तिसम्‍बन्‍धीका अझ असल कुराको बारेमा हामी निश्‍चित छौं। परमेश्‍वर अन्‍यायी हुनुहुन्‍न, र तिमीहरूका काम र उहाँको खातिर सन्‍तहरूका सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्‍नुहुन्‍न। तिमीहरू अझै पनि त्‍यस्‍तै सेवा गरिराखेका छौ। हामी चाहन्‍छौं, कि तिमीहरू प्रत्‍येकले आफ्‍ना सम्‍पूर्ण आशा प्राप्‍त गर्नका निम्‍ति अन्‍त्‍यसम्‍मै त्‍यही तत्‍परता देखाउनेछौ, यस उद्देश्‍यले कि तिमीहरू सुस्‍त हुनेछैनौ, तर तिनीहरूका अनुकरण गर्नेछौ, जुनहरू विश्‍वास र धैर्यद्वारा प्रतिज्ञाका हकदार हुन्‍छन्‌। परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्‍दा अझ ठूला अरू कुनै नभएकाले आफ्‍नै नाउँमा यसो भनेर शपथ खानुभयो