हिब्रू 6:1-3

हिब्रू 6:1-3 NNRV

यसकारण ख्रीष्‍टसम्‍बन्‍धी प्राथमिक सिद्धान्‍तहरूलाई छोड़ेर हामी परिपक्‍वतातर्फ बढ़ौं। मृत्‍युतिर लैजाने कर्महरूबाट पश्‍चात्ताप र परमेश्‍वरमाथिको विश्‍वासका कुराको जग फेरि नबसालौं। विभिन्‍न बप्‍तिस्‍माहरूसम्‍बन्‍धी शिक्षा, हात राख्‍ने काम, मरेकाहरूको पुनरुत्‍थान र अनन्‍त दण्‍डजस्‍ता कुराहरूको जग फेरि नबसालौं। यदि परमेश्‍वरको अनुमति भयो भने हामी यसै गर्नेछौं।