हिब्रू 5:4-10

हिब्रू 5:4-10 NNRV

कसैले यो सम्‍मान आफै लिन सक्‍दैन, तर हारूनजस्‍तै तिनलाईं परमेश्‍वरले बोलाउनुहुन्‍छ। ख्रीष्‍टले पनि प्रधान पूजाहारी हुन आफैले आफैलाई उच्‍च पार्नुभएन, तर उहाँलाई यसो भन्‍नुहुनेबाट नियुक्त हुनुभयो, “तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्‍माएको छु।” अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्‍छ, “मल्‍कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ।” येशू आफ्‍नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्‍युबाट बचाउन सक्‍नुहुनेलाई उहाँले बड़ो क्रन्‍दन र आँसुसहित प्रार्थना चढ़ाउनुभयो, अनि आफ्‍नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो। उहाँ पुत्र हुनुहुन्‍थ्‍यो, तापनि आफूले भोग्‍नुभएको कष्‍टद्वारा उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो, र सिद्ध तुल्‍याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्‍ति उहाँ अनन्‍त मुक्तिको स्रोत बन्‍नुभयो। मल्‍कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्‍वरद्वारा उहाँ नियुक्त हुनुभयो।