हिब्रू 3:12-15

हिब्रू 3:12-15 NNRV

भाइ हो, होश गर, तिमीहरूमध्‍ये कसैमा भएको दुष्‍ट र अविश्‍वासी हृदयले तिमीहरूलाई जीवित परमेश्‍वरबाट टाढ़ा नलैजाओस्‌। जबसम्‍म “आजको दिन” भन्‍ने कुरा छ, तबसम्‍म एउटाले अर्कालाई अर्ती देओ, र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्‌। यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्‍त्‍यसम्‍मै दृढ़तासाथ थामिराख्‍यौं भने, हामी ख्रीष्‍टका सहभागी भएका छौं। धर्मशास्‍त्रले भन्‍दछ, “आजै तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने विद्रोहका दिनमा जस्‍तै गरी आफ्‍नो हृदय कठोर नपार।”