हामीले कुरा गर्दैआएको त्यो आउँदो संसारलाई परमेश्वरले स्वर्गदूतहरूका अधीनमा राख्नुभएन। धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भनेर गवाही दिइएको छ, “मानिस के हो, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ? अथवा मानिसको छोरो को हो, र तपाईं त्यसको फिक्री गर्नुहुन्छ? तपाईंले तिनलाई अलि बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही तल होच्याउनुभयो। तपाईंले तिनलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ। तपाईंले सब थोक तिनका चरणमुनि राखिदिनुभयो।” मानिसको अधीनमा सब थोक राख्नुहुँदा तिनको अधीनबाहिर केही रहन दिनुभएन। तर यस वर्तमान समयमा सब थोक मानिसको अधीनमा भएको हामी देख्दैनौं। तर हामी येशूलाई देख्तछौं। उहाँ अलि बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही तल होच्याइनुभयो, मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा हरेक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाखून्। यो उचित थियो, कि परमेश्वर, जसको निम्ति र जसद्वारा सबै थोकको अस्तित्व छ, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्तिका कर्ता येशूलाई कष्टहरूद्वारा सिद्ध तुल्याउनुभयो।
हिब्रू 2 पढ्नुहोस्
सुन्नुहोस् हिब्रू 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 2:5-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू