हिब्रू 2:14-18

हिब्रू 2:14-18 NNRV

किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्‍यही स्‍वभाव लिनुभयो, ताकि मृत्‍युद्वारा नै मृत्‍युको शक्ति भएकोलाई, अर्थात्‌ दियाबलसलाई उहाँले नष्‍ट गरून्, र मृत्‍युको डरले आजीवन बन्‍धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्‌। किनकि साँच्‍चै नै उहाँले स्‍वर्गदूतहरूको होइन, तर अब्राहामका सन्‍तानको वास्‍ता गर्नुहुन्‍छ। यसैकारण हरेक कुरामा उहाँ आफ्‍नै भाइहरूजस्‍तै बनाइनुपर्‍यो, र मानिसहरूका पापको प्रायश्‍चित गर्नलाई परमेश्‍वरको सेवामा उहाँ कृपालु र विश्‍वस्‍त प्रधान पूजाहारी बन्‍नुभयो। किनकि उहाँ आफैले कष्‍ट भोग्‍नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्‍नुहुन्‍छ।