हिब्रू 12:26-28
हिब्रू 12:26-28 NNRV
उहाँको सोरले त्यस बेला पृथ्वी काम्यो, तर अब त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “अझ एक पल्ट, पृथ्वी मात्र होइन, तर स्वर्गलाई समेत म हल्लाउनेछु।” “अझ एक पल्ट” भन्ने वचनले यो देखाउँछ, कि हल्लाउन सकिने कुराहरू, अर्थात् सृष्टि भएका कुराहरू हटाइनेछन्, तर हल्लाउन नसकिने कुराहरू स्थिर रहनेछन्। यसकारण हल्लाउन नसकिने राज्य पाएकोमा हामी कृतज्ञ होऔं। त्यसैले हामी भक्ति र भयसाथ परमेश्वरलाई ग्रहणयोग्य हुने आराधना चढ़ाऔं।

