हिब्रू 12:12-15

हिब्रू 12:12-15 NNRV

यसकारण लत्रेका हातहरू उठाओ, र दुर्बल घुँड़ाहरू बलिया बनाओ। तिमीहरू हिँड्‌ने बाटो सोझो बनाओ, ताकि लङ्गड़ो गोडा नखुस्‍कोस्, तर निको होस्‌। सबै मानिसहरूसँग शान्‍तिमा बस्‍ने र पवित्र हुने प्रयत्‍न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्‍न सक्‍दैन। ध्‍यान देओ, कि कुनै मानिस परमेश्‍वरको अनुग्रह प्राप्‍त गर्नदेखि वञ्‍चित नहोस्, ताकि तीतोपनको जरो उम्रेर आईकन त्‍यसले फूट नल्‍याओस्, र धेरै जनालाई अशुद्ध नपारोस्‌।