हिब्रू 11:24-28

हिब्रू 11:24-28 NNRV

जवान भएपछि विश्‍वासद्वारा मोशाले फारोकी छोरीका छोरा कहलाइन इन्‍कार गरे। पापको क्षणिक सुख भोग्‍नुभन्‍दा बरु परमेश्‍वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे। मिश्रदेशको धन-सम्पत्तिभन्‍दा ख्रीष्‍टको निम्‍ति निन्‍दित हुन तिनले मूल्‍यवान्‌ सम्‍पत्ति ठाने। किनभने तिनले आफ्‍नो दृष्‍टि इनामतिर लाएका थिए। राजाको क्रोधसँग नडराएर विश्‍वासद्वारा तिनले मिश्रदेश छोड़े। किनकि अदृश्‍य हुनुहुनेलाई देखेझैँ गरी तिनी स्‍थिर रहे। ज्‍येष्‍ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाऊन्‌ भनेर तिनले विश्‍वासद्वारा निस्‍तार-चाड़को विधि पालन गरे र रगत छर्के।