हिब्रू 10:33-35

हिब्रू 10:33-35 NNRV

कहिले त निन्‍दा र कष्‍टहरूले अरूको तमाशा बनाइएका थियौ भने कहिलेचाहिँ त्‍यस्‍तै अवस्‍थामा परेकाहरूसँगसँगै सहभागी भएका थियौ। कैदीहरूमाथि तिमीहरूले दया देखायौ, आफ्‍नो सम्‍पत्ति लुटिँदा पनि हर्षसाथ सह्यौ, किनकि तिमीहरू जान्‍दथियौ, कि तिमीहरूको आफ्‍नै अझ उत्तम र सदा रहने सम्‍पत्ति छ। त्‍यसकारण आफ्‍नो यो भरोसा नत्‍याग, जसमा ठूलो इनामको प्रतिफल छ।