किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्यौं भने पापको निम्ति अब उसो अरू कुनै बलिदान रहँदैन, तर इन्साफको डरलाग्दो प्रतीक्षा र विरोधीहरूलाई भस्म गर्ने क्रोधको अग्नि मात्र रहनेछ। मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने मानिस दुई वा तीन साक्षीहरूका गवाहीमा दयाविना मर्नुपर्छ। तिमीहरू आफै विचार गर: परमेश्वरका पुत्रलाई खुट्टामुनि कुल्चने, आफूलाई पवित्र तुल्याएको करारको रगतलाई अपवित्र बनाउने र अनुग्रहका आत्मालाई अपमान गर्नेचाहिँ झन् कति बढ़ी कड़ा दण्डको योग्य ठहरिनेछ। किनकि “प्रतिशोध लिने काम मेरो हो, प्रतिफल म दिनेछु” भन्नुहुनेलाई हामी चिन्छौं। यसो पनि भनिएको छ, “परमप्रभुले आफ्ना मानिसहरूको इन्साफ गर्नुहुनेछ।” जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरो हो। ती अघिका दिनहरूलाई सम्झ, त्यस बेला प्रकाश पाएपछि तिमीहरू कष्टहरूसहित कठोर सङ्घर्षमा स्थिर रहेका थियौ। कहिले त निन्दा र कष्टहरूले अरूको तमाशा बनाइएका थियौ भने कहिलेचाहिँ त्यस्तै अवस्थामा परेकाहरूसँगसँगै सहभागी भएका थियौ। कैदीहरूमाथि तिमीहरूले दया देखायौ, आफ्नो सम्पत्ति लुटिँदा पनि हर्षसाथ सह्यौ, किनकि तिमीहरू जान्दथियौ, कि तिमीहरूको आफ्नै अझ उत्तम र सदा रहने सम्पत्ति छ। त्यसकारण आफ्नो यो भरोसा नत्याग, जसमा ठूलो इनामको प्रतिफल छ। परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ। किनकि अब एकै छिनमा, “आउनुहुनेचाहिँ आउनु नै हुनेछ, र बियाँलो गर्नुहुनेछैन। तर मेरो धार्मिक जनचाहिँ विश्वासद्वारा बाँच्नेछ, र यदि ऊ पछि हट्छ भनेता म उसँग खुशी हुनेछैनँ।” तर हामी पछि हट्ने र विनाश पारिनेहरूमध्येका होइनौं, तर विश्वास गरी बचाइएकाहरूमध्येका हौं।
हिब्रू 10 पढ्नुहोस्
सुन्नुहोस् हिब्रू 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 10:26-39
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू