यसकारण भाइ हो, येशूको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। हाम्रा निम्ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा, अर्थात् उहाँको शरीरद्वारा भएर हामी भित्र पस्न सक्छौं। परमेश्वरको घरानामा हाम्रा एक जना महान् पूजाहारी हुनुभएको हुनाले, हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जाऔं। हामीले दृढ़ स्वीकार गरेको आशालाई दोधार नभईकन दह्रिलोसँग थामिराखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो, उहाँ विश्वासयोग्य हुनुहुन्छ। हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।
हिब्रू 10 पढ्नुहोस्
सुन्नुहोस् हिब्रू 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 10:19-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू