प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो। तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ, र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो। जसरी उहाँले प्राप्त गर्नुभएको नाउँ स्वर्गदूतहरूका भन्दा उत्तम छ, त्यसरी नै उहाँ तिनीहरूभन्दा अझ उच्च ठहरिनुभएको छ। “तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्माएको छु” भनी के कुनै स्वर्गदूतलाई परमेश्वरले कहिल्यै भन्नुभयो? र फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्” भनी कुनै स्वर्गदूतलाई कहिल्यै भन्नुभयो? आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ फेरि भन्नुहुन्छ, “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई नै पुजून्।”
हिब्रू 1 पढ्नुहोस्
सुन्नुहोस् हिब्रू 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 1:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू