हाग्‍गै 2:6-8

हाग्‍गै 2:6-8 NNRV

“सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘अब थोरै बेरपछि म फेरि आकाश, पृथ्‍वी, समुद्र र सुक्‍खा जमिनलाई हल्‍लाउनेछु। म सबै जाति-जातिहरूलाई हल्‍लाउनेछु, र इच्‍छा भएका सबै जाति-जातिका मानिसहरू आउनेछन्, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु’ भनी सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। ‘चाँदी मेरै हो, र सुन पनि मेरै हो’ भनी परमप्रभु भन्‍नुहुन्‍छ।