हाग्‍गै 1:7-9

हाग्‍गै 1:7-9 NNRV

सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरूका आ-आफ्‍ना चालको होशियारीसाथ विचार गर। डाँड़ा-डाँड़ा उक्‍लेर काठपात ल्‍याओ र भवन बनाओ, र म त्‍यसमा खुशी हुन सकूँ र मेरो मान होस्,” परमप्रभु भन्‍नुहुन्‍छ। “तिमीहरूले धेरै आशा गर्‍यौ, तर हेर, थोरै मात्र हुन आयो। तिमीहरूले घरमा जे ल्‍यायौ, त्‍यो मैले फुकेर उड़ाइदिएँ। किन त?” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “किनभने मेरो भवनचाहिँ भग्‍नावशेष भएको छ, तर तिमीहरू भने हरेक आफ्‍नो घरमा व्‍यस्‍त छौ।