हाग्‍गै 1:3-9

हाग्‍गै 1:3-9 NNRV

तब परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताद्वारा आयो: “यो मन्‍दिर भग्‍नावशेष भइरहेको देखेर पनि के तिमीहरू आफूचाहिँ बुट्टादार काठले सजाइएका घरहरूमा बस्‍ने समय यो हो र?” अब सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरू आ-आफ्‍ना चालको होशियारीसाथ विचार गर। तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्‍छौ, तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ, तर न्‍याना हुँदैनौ। तिमीहरू काम गरेर ज्‍याला कमाउँछौ, तर प्‍वाल परेको थैलीमा राख्‍छौ।” सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरूका आ-आफ्‍ना चालको होशियारीसाथ विचार गर। डाँड़ा-डाँड़ा उक्‍लेर काठपात ल्‍याओ र भवन बनाओ, र म त्‍यसमा खुशी हुन सकूँ र मेरो मान होस्,” परमप्रभु भन्‍नुहुन्‍छ। “तिमीहरूले धेरै आशा गर्‍यौ, तर हेर, थोरै मात्र हुन आयो। तिमीहरूले घरमा जे ल्‍यायौ, त्‍यो मैले फुकेर उड़ाइदिएँ। किन त?” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “किनभने मेरो भवनचाहिँ भग्‍नावशेष भएको छ, तर तिमीहरू भने हरेक आफ्‍नो घरमा व्‍यस्‍त छौ।