हाग्‍गै 1:12-15

हाग्‍गै 1:12-15 NNRV

तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिनलाई पठाउनुभएको कारणले, शालतिएलका छोरा यरुबाबेल, यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजासमेतले परमप्रभु आफ्‍ना परमेश्‍वरको आवाज र हाग्‍गै अगमवक्ताको कुरा पालन गरे। अनि मानिसहरूले परमप्रभुको डर माने। तब परमप्रभुका समाचारवाहक हाग्‍गैले प्रजालाई परमप्रभुको यो समाचार सुनाए: “म तिमीहरूसँगै छु” भनी परमप्रभु भन्‍नुहुन्‍छ। यसकारण परमप्रभुले शालतिएलका छोरा यहूदाका राज्‍यपाल यरुबाबेल र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजाका आत्‍मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सर्वशक्तिमान्‌ परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा काम गर्न सुरु गरे। दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा तिनीहरूले काम सुरु गरे।