उत्‍पत्ति 8:20-21

उत्‍पत्ति 8:20-21 NNRV

अनि नोआले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षी मध्‍येबाट लिई होमबलि चढ़ाए। त्‍यसको मीठो बास्‍ना लिनुभएपछि परमप्रभुले आफ्‍नो मनमा भन्‍नुभयो, अब म फेरि कहिल्‍यै मानिसको खातिर पृथ्‍वीलाई सराप दिनेछैनँ, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्‍छन्‌। अहिले मैले गरेजस्‍तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश म गर्नेछैनँ।