उत्‍पत्ति 49:8-12

उत्‍पत्ति 49:8-12 NNRV

ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन्, तेरो हातले तेरा शत्रुहरूका गर्दन पक्रनेछ, तेरै बुबाका छोराहरू तेरो सामुन्‍ने निहुरिनेछन्‌। यहूदा सिंहको डमरु हो। ए मेरो छोरो, शिकारबाट तँ आएको छस्, त्‍यो निहुरिन्‍छ, र सिंहझैँ लेटिरहन्‍छ, अँ, सिंहनीझैँ— कसले त्‍यसलाई उठाउने आँट गर्छ? यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन, राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बीचबाट हट्‌नेछैन, जबसम्‍म त्‍यसका मालिक आउँदैनन्‌। र जातिहरू उहाँको आज्ञाकारी बन्‍नेछन्‌। त्‍यसको गधालाई दाखको बोटमा, र गधाको बछेड़ोलाई चाहिँ उत्तम जातको हाँगामा बाँध्‍नेछ। त्‍यसले आफ्‍ना लुगाहरू दाखमद्यमा, आफ्‍ना पोशाक अङ्‌गूरको रसमा धुनेछन्‌। त्‍यसका आँखा दाखमद्यभन्‍दा गाढ़ा, र त्‍यसका दाँत दूधभन्‍दा सेता हुनेछन्‌।