उत्‍पत्ति 49:29-33

उत्‍पत्ति 49:29-33 NNRV

तब तिनले तिनीहरूलाई यो आज्ञा दिए: “म त मेरा मानिसहरूकहाँ मिल्‍न जान लागेको छु। हित्ती एप्रोनको खेतमा भएको ओड़ारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड़, अर्थात्‌ कनान देशमा मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओड़ार, जो अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए। त्‍यहीँ नै उनीहरूले अब्राहाम र तिनकी पत्‍नी सारालाई गाड़ेका थिए। र त्‍यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्‍नी रिबेकालाई पनि गाड़ेका थिए। त्‍यहीँ नै मैले लेआलाई गाडें। त्‍यो खेत र त्‍यहाँ भएको ओड़ार हित्तीहरूको हातबाट किनेको हो।” छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्‍ना खुट्टा ओछ्यानमा पसारेर आफ्‍नो प्राण त्‍यागे, र आफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गए।