तब योसेफले आफ्ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए। याकूबले फारोलाई आशीर्वाद दिए। फारोले याकूबलाई सोधे, “तपाईंको उमेर कति भयो?” याकूबले भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तीस वर्ष भयो। मेरो यस जीवनका वर्षहरू त थोरै र दु:खमय भएका छन्, हजूर। मेरा पिता-पुर्खाहरूले यस प्रवासको जीवनमा जति दिन उमेर खाएका थिए त्यति त अहिले मेरो पुगेकै छैन।” अनि याकूबले फेरि फारोलाई आशीर्वाद दिए, र फारोको उपस्थितिबाट निस्केर गए।
उत्पत्ति 47 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 47
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 47:7-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू