उत्‍पत्ति 45:5-8

उत्‍पत्ति 45:5-8 NNRV

तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान। आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्‍ति परमेश्‍वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो। देशमा अनिकाल भएको दुई वर्ष भयो, र अझै पाँच वर्षसम्‍म कहीँ पनि हलो जोतिनेछैन, र अनाजको कटनी पनि हुनेछैन। अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्‍वीमा जोगाएर राख्‍न र तिमीहरूको जीवन बचाउन भनी परमेश्‍वरले मलाई तिमीहरूभन्‍दा अगि यहाँ पठाउनुभएको हो। “यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले मलाई फारोका बुबातुल्‍य र उनका सारा परिवारका मालिक र मिश्रभरिका शासक तुल्‍याउनुभएको छ।