उत्‍पत्ति 45:14-20

उत्‍पत्ति 45:14-20 NNRV

तब आफ्‍नो भाइ बेन्‍यामीनको गलामा अँगालो हालेर तिनी खूब रोए, र बेन्‍यामीन पनि तिनको गलामा टाँसिएर रोए। अनि तिनले आफ्‍ना सबै दाजुहरूलाई म्‍वाइँ खाए, र उनीहरूसित रोए। त्‍यसपछि तिनका दाजुहरूले पनि तिनीसँग कुराकानी गरे। योसेफका दाजुभाइहरू आएका छन्‌ भन्‍ने खबर जब फारोको घरमा पुग्‍यो तब फारो र उनका अधिकारीहरू सबै खुशी भए। फारोले योसेफलाई भने, “तिम्रा दाजुभाइहरूलाई यसो भन: ‘तिमीहरू आफ्‍ना पशुहरू लदाएर कनान देशमा फर्केर जाओ, र तिमीहरूका बुबा र तिनको परिवारका सबैलाई लिएर मकहाँ आओ। मिश्रको सबैभन्‍दा असल ठाउँ म तिमीहरूलाई दिनेछु र तिमीहरूले यस देशको असल उब्‍जनी खानेछौ।’ “तिनीहरूलाई यसो भनेर पनि हुकुम गर: तिम्रा बालबच्‍चा र तिम्रा पत्‍नीहरूका निम्‍ति मिश्रबाट गाड़ाहरू पनि लैजाओ, र तिमीहरूका बुबालाई लिएर आओ। तिमीहरूका मालसामानको केही फिक्री नगर, किनकि मिश्रका सबै असल-असल कुराहरू तिमीहरूकै हुन्‌।”