तब फारोले योसेफलाई भने, “परमेश्वरले तिमीलाई सबै कुरा देखाइदिनुभएको छ, र तिमीजस्तो चतुर र बुद्धिमान् मानिस अरू छैन। यसकारण मेरो महलको अख्तियार चलाउने तिमी नै भयौ, र तिम्रै आज्ञाअनुसार मेरो समस्त प्रजा चल्नेछ। केवल सिंहासनको सम्बन्धमा मात्र म तिमीभन्दा माथि हुनेछु।” अनि फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई सम्पूर्ण मिश्रदेशमाथि अधिकार दिएको छु।” तब फारोले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट फुकालेर योसेफको औँलामा लगाइदिए, र तिनलाई मलमलको लुगा पहिराइदिए, र तिनको गलामा सुनको सिक्री लगाइदिए। तिनलाई फारोले आफ्नो दोस्रो प्रशासकझैँ रथमा सवार गराए। मानिसहरू तिनको अगिअगि “घुँड़ा टेकेर झुक” भनी कराउँदै हिँड़े। यसरी फारोले तिनलाई सम्पूर्ण मिश्रदेशमाथि अधिकार दिए।
उत्पत्ति 41 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 41
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 41:39-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू