उत्‍पत्ति 37:31-34

उत्‍पत्ति 37:31-34 NNRV

तब उनीहरूले एउटा बोका मारेर योसेफको लबेदा त्‍यस रगतमा चोपे। अनि त्‍यो राम्रा बुट्टाहरू भएको लबेदा उनीहरूले आफ्‍ना बुबाकहाँ ल्‍याएर भने, “यो हामीले भेट्टायौं। हेर्नुहोस्‌ त, यो तपाईंको छोराको हो कि होइन?” इस्राएलले त्‍यो लुगा चिनेर भने, “यो त मेरो छोराकै लबेदा हो। जङ्गली पशुले त्‍यसलाई खाएछ क्‍यारे! नि‍स्सन्‍देह योसेफलाई धुजाधुजा पार्‍यो होला।” तब याकूबले आफ्‍ना लुगा च्‍याते, र तिनले आफ्‍नो कम्‍मरमा भाङ्‌ग्रा लाएर आफ्‍ना छोराको निम्‍ति धेरै दिनसम्‍म शोक गरे।