लौ, अब हामी त्यसलाई मारेर एउटा खाड़लमा फालिदिऔं। ‘जङ्गली पशुले त्यसलाई खाएछ क्यारे’ भनी हामी भनौं, र त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौंला।” यो सुनेर रूबेनले यसो भनेर उनीहरूका हातबाट तिनलाई बचाउन खोजे, “हामीले त्यसको ज्यानै त लिनुहुँदैन।” रूबेनले उनीहरूलाई भने, “रक्तपातचाहिँ नगरौं। यहाँ मरुभूमिको यस खाल्डोमा त्यसलाई फालिदिऔं। तर त्यसमाथि हातचाहिँ नउठाऔं।” उनीहरूका हातबाट बचाएर योसेफलाई आफ्ना बुबाकहाँ पुर्याइदिने हेतुले रूबेनले यसो भनेका थिए। यसैले जब योसेफ आफ्ना दाजुहरूकहाँ आइपुगे तब तिनले लाएका राम्रा बुट्टाहरू भएको त्यो लामो लबेदा उनीहरूले फुकालेर खोसे। अनि उनीहरूले तिनलाई समातेर एउटा गहिरो खाल्डोमा फालिदिए। त्यो पानी नभएको सुक्खा खाल्डो थियो। जसै उनीहरू खान बसे, उनीहरूले यसो मास्तिर हेरे र मिश्रतिर सुगन्धित मसला, लेप र मूर्र ऊँटहरूमा लादेर लगिरहेका गिलादबाट आएको एक इश्माएली यात्री दललाई देखे। तब यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा हुन्छ र? आओ, अब त्यसलाई इश्माएलीहरूका हातमा बेचिदिऔं। हामी त्यसमाथि हातचाहिँ नउठाऔं। किनकि त्यो हाम्रै भाइ, हाम्रै जीउजस्तै हो।” उनका दाजुभाइहरूले उनको कुरा माने। यसकारण जब मिद्यानी व्यापारीहरू त्यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्डोबाट तानी निकालेर ती इश्माएलीहरूका हातमा चाँदीका बीस सिक्कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे।
उत्पत्ति 37 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 37
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 37:19-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू