यसकारण याकूबले आफ्नो घराना र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू मिल्काइदेओ र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर। तब हामी बेथेलमा जाऔं, र मेरो दु:खको दिनमा मेरो पुकारा सुन्नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी म बनाउनेछु।” यसकारण तिनीहरूले आफू-आफूसित भएका विदेशी देवताहरू र आफ्ना कानमा भएका कुण्डलहरू याकूबलाई दिए र याकूबले शकेमको नजिकै भएको फलाँटको रूखमुनि ती गाड़िदिए। जब तिनीहरूले आफ्नो यात्रा सुरु गरे तब परमेश्वरको त्रास वरिपरिका सहरहरूमा फैलियो, र कसैले पनि तिनीहरूलाई खेदेन। याकूब र तिनीसँग भएका सबै जना कनान देशमा भएको लूज सहरमा, अर्थात् बेथेलमा आइपुगे। त्यहाँ तिनले एउटा वेदी बनाए। त्यस ठाउँको नाउँ तिनले एल-बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्वरले आफैलाई त्यहाँ तिनीकहाँ प्रकट गर्नुभएको थियो। त्यहाँ रिबेकाकी धाई दबोरा मरी, र त्यसलाई बेथेलनेरको फलाँटको रूखमुनि तिनीहरूले गाड़े। त्यसैले त्यस ठाउँको नाउँ अल्लोन-बकुत राखे। याकूब पद्दन-आरामबाट आएपछि परमेश्वर फेरि तिनीकहाँ देखा परेर तिनलाई आशिष् दिनुभयो। परमेश्वरले तिनलाई भन्नुभयो, “तेरो नाउँ त याकूब हो, तर अबदेखि उप्रान्त तँलाई याकूब भनिनेछैन, तेरो नाउँ इस्राएल हुनेछ।” यसैले तिनको नाउँ इस्राएल भयो।
उत्पत्ति 35 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 35
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 35:2-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू