उत्‍पत्ति 33:4-11

उत्‍पत्ति 33:4-11 NNRV

तर एसाव तिनीकहाँ दौडँदै आएर तिनलाई अँगालो हाले, र छातीमा टाँसेर तिनलाई म्‍वाइँ खाए, र तिनीहरू दुवै खूब रोए। तब एसावले यसो हेर्दा ती स्‍त्रीहरू र केटाकेटीहरूलाई देखेर भने, “तिमीसँग भएका यिनीहरूचाहिँ को हुन्‌?” याकूबले भने, “परमेश्‍वरले हजूरको दासलाई अनुग्रह गरी दिनुभएका मेरा बालबच्‍चा हुन्‌।” तब कमारीहरू र तिनका छोराछोरीहरू नजिक आएर एसावलाई ढोग गरे। त्‍यसपछि लेआ र तिनका छोराछोरीहरू आएर ढोग गरे। सबभन्‍दा पछि योसेफ र राहेल आए, र तिनीहरूले पनि ढोग गरे। एसावले याकूबलाई सोधे, “मैले भेटेका यी सबै बथानको अर्थ के हो?” याकूबले जवाफ दिए, “मैले हजूरबाट अनुग्रह पाउनलाई हो।” तर एसावले भने, “भाइ, मसँग प्रशस्‍तै छ। तिम्रो जो छ तिमीसँगै रहोस्‌।” याकूबले भने, “होइन, तपाईंको निगाह ममाथि छ भने कृपा गरी मेरो हातको यो सौगात ग्रहण गर्नुहोस्‌। किनभने यति ठूलो निगाह देखाएर तपाईंले मलाई स्‍वागत गर्नुभयो कि साँच्‍ची नै तपाईंको दर्शन पाउँदा मलाई त परमेश्‍वरकै दर्शन पाएझैँ लाग्‍यो। अब बिन्‍ती छ, तपाईंलाई नै भनेर ल्‍याएको मेरो यो सौगात ग्रहण गर्नुहोस्, किनभने परमेश्‍वरको अनुग्रह ममाथि भएको हुनाले मसँग प्रशस्‍तै छ।” यसरी याकूबले जिद्दी गरे, र एसावले ती लिए।