उत्‍पत्ति 30:37-40

उत्‍पत्ति 30:37-40 NNRV

तब याकूबले लहरे-पीपल, हाड़े-बदाम र चिनारका रूखका भर्खर काटिएका हाँगाहरू लिएर तिनमा सेता-सेता धर्का बनाउनलाई तिनका बोक्रा ताछे। अनि तिनले ती हाँगाहरू बगालले पानी खान आउने ठाउँमा बगालहरूका सामुन्‍ने तिनीहरूका पानी खाने डूँड़मा राखे। तिनीहरू पानी खान आउँदा त्‍यहीँ मिसिन्‍थे। ती बगालहरू ती हाँगाहरूका सामुन्‍ने मिसिने भएका हुनाले तिनीहरूले पाठा-पाठी पनि त्‍यस्‍तै छिर्केमिर्के, पेटारे र थोप्‍ले बियाए। याकूबले ती पाठाहरू छुट्ट्याएर बाँकी बगालचाहिँ लाबानका बगालका छिर्केमिर्के र काला-कालाहरूतिर पठाइदिए। यसरी तिनले आफ्‍ना बगालचाहिँ लाबानका बगालसित नमिसाएर अलग्‍गै राखे।