मलाई मेरा पत्नीहरू र छोराछोरीहरू लैजान दिनुहोस्, जसका निम्ति मैले तपाईंको चाकरी गरेको छु। मलाई जान दिनुहोस्, किनभने मैले गरेको सेवा तपाईंलाई थाहै छ।” तर लाबानले तिनलाई भने, “ममाथि तिम्रो निगाह भए, बस। पूर्वलक्षणद्वारा मलाई थाहा भएको छ कि परमप्रभुले तिम्रो खातिर मलाई आशिष् दिनुभएको छ। ज्याला कति लिन्छौ मलाई भन, र म तिमीलाई त्यति दिउँला।” याकूबले लाबानलाई भने, “मैले तपाईंको कस्तो सेवा गरेको छु, र तपाईंका गाईबस्तु मसित कसरी सप्रेका छन् सो तपाईं आफै जान्नुहुन्छ। म आउनुभन्दा अघि तपाईंसँग थोरै थिए र अहिले प्रशस्त भएको छ। मैले जहाँ हात लगाए पनि परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको छ। तर अब मेरो आफ्नै घरबारको निम्तिचाहिँ मैले कहिले व्यवस्था गर्ने?” उनले भने, “म तिमीलाई के दिऊँ त?” याकूबले भने, “तपाईं मलाई केही नदिनुहोस्। तर यदि तपाईंले मेरो निम्ति यति एउटा कुरा गर्नुहुन्छ भने, म तपाईंका बगालहरूको हेरचाह गरी चराउँदैरहनेछु।
उत्पत्ति 30 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 30
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 30:26-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू