परमप्रभु परमेश्वरले बनाउनुभएका वन-पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्नुभएको छ?” स्त्रीले सर्पलाई भनिन्, “बगैँचाका रूखहरूका फल हामी खान सक्छौं, तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, ‘त्योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ’।” सर्पले स्त्रीलाई भन्यो, “तिमीहरू मर्दैनौ। किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वरजस्तै हुनेछौ।”
उत्पत्ति 3 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 3:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू