तब इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैंले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नू। पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर्। सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्, र तँलाई फल्दो-फुल्दो गराएर तेरो वृद्धि गराऊन्, र तँ मानिसहरूको एक समुदाय होस्। परमेश्वरले तँलाई र तेरा सन्तानहरूलाई अब्राहामले पाएको आशिष् देऊन्, कि तँ प्रवासी भएको यस देशमा, जो परमेश्वरले अब्राहामलाई दिनुभएको हो, तेरै अधिकार होस्।” यसरी इसहाकले याकूबलाई पठाए। तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए। अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्नी ल्याउन त्यहाँबाट पद्दन-आराममा पठाएछन्, र तिनलाई आशीर्वाद दिएर, “तैंले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नू” भन्ने कुरा एसावले थाहा पाए। र याकूब बाबु-आमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएछ भन्ने पनि एसावले थाहा पाए। कनानी स्त्रीहरू उनका बुबालाई मन पर्दैन रहेछ भन्ने जब एसावले पत्ता लगाए, तब एसाव इश्माएलकहाँ गए, र उनका आफ्ना पत्नीहरूबाहेक अब्राहामका छोरा इश्माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्नी पत्नी तुल्याएर ल्याए।
उत्पत्ति 28 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 28
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 28:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू