उत्‍पत्ति 24:17-22

उत्‍पत्ति 24:17-22 NNRV

तब त्‍यो नोकर तिनलाई भेट गर्न दगुर्‍यो र भन्‍यो, “कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ।” तिनले “हजूर, खानुहोस्‌” भनेर तुरुन्‍तै गाग्रो झारिन्, र आफ्‍नो हातमा गाग्रो राखेर त्‍यसलाई पानी खुवाइदिइन्‌। त्‍यसलाई खान दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्‍ति पनि तिनीहरूले पिई नसकुञ्‍जेल म पानी उघाएर दिनेछु।” तब तिनले झट्टै आफ्‍नो गाग्रोको पानी डूँड़मा खन्‍याएर फेरि पानी उघाउन इनारतिर कुदेर गइन्, र तिनले सबै ऊँटहरूका निम्‍ति पनि पानी उघाइदिइन्‌। त्‍यो मानिसचाहिँ परमप्रभुले आफ्‍नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चूप लागी डिठ लाएर तिनलाई हेरिरह्यो। ऊँटहरूले पानी खाइसकेपछि त्‍यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्‍थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर भन्‍यो