उत्‍पत्ति 22:20-24

उत्‍पत्ति 22:20-24 NNRV

केही समयपछि “मिल्‍काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्‍माइन्‌” भन्‍ने कुरा अब्राहामले सुने: जेठो ऊज, त्‍यसको भाइ बूज, र आरामका पिता कमूएल, र केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल। बतूएल रिबेकाका पिता भए। यी आठै छोरालाई अब्राहामका भाइ नाहोरबाट मिल्‍काले जन्‍माइन्‌। यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्‍माई।