अब्राहामले भने, “किनभने मैले त सोचेको थिएँ, यस ठाउँमा परमेश्वरको डर कसैलाई छैन, र मानिसहरूले मलाई मेरी पत्नीको कारण मार्नेछन्। यो कुरो सत्य पनि हो कि तिनी मेरी बहिनी हुन्। तिनी मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी होइनन्। र तिनी मेरी पत्नी भइन्। अनि जब परमेश्वरले मलाई आफ्ना पिताको घर छोड़ेर परदेशी भएर यताउता घुमिहिँड्ने तुल्याउनुभयो, तब मैले सारालाई भनेको थिएँ, ‘दया गरेर तिमीले मेरो विषयमा “यिनी मेरा दाजु हुन्” भन्नू है’।” तब अबीमेलेकले भेड़ाबाख्रा, गाई-गोरु, कमारा-कमारीहरू ल्याएर अब्राहामलाई दिए, र तिनकी पत्नी सारालाई पनि फिर्ता गरिदिए। अनि अबीमेलेकले भने, “हेर्नुहोस्, मेरो देश तपाईंकै सामुन्ने छ। तपाईंलाई जहाँ मन लाग्छ त्यहीँ बस्नुहोस्।” उनले सारालाई भने, “हेर, तिम्रा दाजुलाई मैले चाँदीका एक हजार सिक्का दिएको छु। मैले त्यसद्वारा तिमीसित हुने सबैका नजरमा तिम्रो शिर उठाइदिएको हुँ। सबैका सामु तिमीसित न्यायसङ्गत व्यवहार गरिएको छ।” तब अब्राहामले परमेश्वरसित प्रार्थना गरे, र परमेश्वरले अबीमेलेक र तिनकी पत्नी र तिनका कमारीहरूलाई निको पारिदिनुभयो, र तिनीहरूले फेरि जन्माउन सकून्।
उत्पत्ति 20 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 20:11-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू