उत्‍पत्ति 2:18-20

उत्‍पत्ति 2:18-20 NNRV

फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।” परमप्रभुले सबै वन-पशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के-के नाउँ राख्‍दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसकहाँ ल्‍याउनुभयो। र मानिसले हरेक प्राणीलाई जे-जे नाउँ दिए त्‍यही-त्‍यही नै त्‍यसको नाउँ भयो। यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पक्षी र सबै वन-पशुहरूका नाउँ राखे। तर आदमको निम्‍ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन।