उत्‍पत्ति 2:1-3

उत्‍पत्ति 2:1-3 NNRV

यसरी आकाशमण्डल र पृथ्‍वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए। आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्‍वरले सिद्ध्याउनुभयो। र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो। अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष्‌ दिनुभयो र त्‍यसलाई पवित्र तुल्‍याउनुभयो, किनभने आफूले सृष्‍टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।