उत्‍पत्ति 17:2-7

उत्‍पत्ति 17:2-7 NNRV

मेरो र तेरो बीचमा म आफ्‍नो करार पक्‍का गर्नेछु, र म तेरो अत्‍यन्‍तै वृद्धि गराउनेछु।” तब अब्राम घोप्‍टो परे, र परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो, “हेर्, यो मेरो करार तँसँगै छ। तँ असंख्‍य जाति-समूहको पिता हुनेछस्‌। अब उप्रान्‍त तेरो नाउँ अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ, किनकि मैले तँलाई असंख्‍य जाति-समूहको पिता तुल्‍याएको छु। म तँलाई अत्‍यन्‍तै फल्‍दो-फुल्‍दो तुल्‍याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु। तँबाट राजाहरू उत्‍पन्‍न हुनेछन्‌। तँ र तँपछिका तेरा सन्‍तानका परमेश्‍वर हुनलाई मेरो करार मेरो र तेरो र तँपछिका तेरा सन्‍तानहरूका बीचमा युग-युगसम्‍म स्‍थापित गर्नेछु।