फेरि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरी पत्नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनू, तर त्यसको नाउँ सारा हुनेछ। म त्यसलाई आशिष् दिनेछु, र निश्चय नै त्यसबाट म तँलाई एक जना छोरो दिनेछु। म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिहरूकी आमा हुनेछे। जाति-जातिहरूका राजाहरू त्यसबाट उत्पन्न हुनेछन्।” तब अब्राहाम घोप्टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्तान होला? नब्बे वर्ष पुगेकी साराले बालक जन्माउलिन् र?” अनि अब्राहामले परमेश्वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्मा बाँचिरहे त हुन्छ।” तब परमेश्वरले भन्नुभयो, “हो, तर तेरी पत्नी साराले नै तेरो लागि एक जना छोरा जन्माउनेछे, र तैंले त्यसको नाउँ इसहाक राख्नेछस्। म त्यससित र त्यसपछि हुने त्यसका सन्तानसित आफ्नो करार स्थापित गर्नेछु।
उत्पत्ति 17 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 17:15-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू