उत्‍पत्ति 16:1-3

उत्‍पत्ति 16:1-3 NNRV

आफ्‍नी पत्‍नी साराईबाट अब्रामको कोही सन्‍तान भएको थिएन। तर हागार नाउँ भएकी तिनकी एउटी मिश्री कमारी थिई। साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मेरो कोख बन्‍द गरिदिनुभएको छ। यसकारण मेरी कमारीकहाँ जानुहोस्‌। शायद त्‍यसबाट मेरो निम्‍ति सन्‍तान हुन सक्‍छ।” अब्रामले साराईको कुरा माने। अब्राम कनानमा बसेका दश वर्षपछि तिनकी पत्‍नी साराईले आफ्‍नी कमारी मिश्री हागारलाई आफ्‍ना पति अब्रामलाई तिनकी पत्‍नी हुनलाई दिइन्‌।