उत्‍पत्ति 15:1-6

उत्‍पत्ति 15:1-6 NNRV

त्‍यसपछि दर्शनमा अब्रामकहाँ परमप्रभुको यो वचन आयो, “अब्राम, तँ नडरा। तेरो ढाल म नै हुँ, र तेरो इनाम अत्‍यन्‍त ठूलो हुनेछ।” तर अब्रामले भने, “हे परमप्रभु परमेश्‍वर, तपाईंले मलाई के दिनुहुन्‍छ र? किनभने म सन्‍तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी दमस्‍कसको एलीएजर हुनेछ।” फेरि अब्रामले भने, “हेर्नुहोस्, तपाईंले मलाई सन्‍तान दिनुभएन, र मेरो घरमा जन्‍मेको दास नै मेरो उत्तराधिकारी हुनेछ।” तब परमप्रभुको यो वचन फेरि तिनीकहाँ आयो, “यो मानिसचाहिँ तेरो उत्तराधिकारी हुनेछैन, तर जो तेरो आफ्‍नै छोरा हुन्‍छ त्‍यही नै तेरो उत्तराधिकारी हुनेछ।” अनि उहाँले तिनलाई बाहिर लगेर भन्‍नुभयो, “आकाशतिर हेरेर तारा गन्‍न सक्‍छस्‌ कि सक्दैनस्, गनिहेर।” उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्‍तानहरू पनि त्‍यस्‍तै हुनेछन्‌।” अनि तिनले परमप्रभुमाथि विश्‍वास गरे, र यो तिनको निम्‍ति धार्मिकता गनियो।