तब सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका (अर्थात् सोअरका) राजाहरू निस्केर सिद्दीमको बेँसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्मा भए। एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योकसित, यी पाँच राजाहरूका विरुद्धमा चार राजाहरू। सिद्दीमको बेँसीचाहिँ अलकत्राको धापले भरिएको थियो। र सदोम र गमोराका राजाहरू भाग्दाभाग्दै तिनीहरूका कोही मानिसहरू त्यहीँ जाकिए। बाँकी मानिसहरूचाहिँ पहाड़तिर भागे। ती चार राजाहरूले सदोम र गमोराका जम्मै मालसामान र खानेकुरा लिएर आफ्नो बाटो लागे। उनीहरूले सदोममा बसेका अब्रामका भतिजा लोतलाई पनि तिनका सबै मालसामानसमेत लिएर गए।
उत्पत्ति 14 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 14:8-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू