उत्‍पत्ति 14:21-24

उत्‍पत्ति 14:21-24 NNRV

तब सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू मात्र देऊ, तर धनमालचाहिँ तिमी नै राख्‍नू।” तर अब्रामले सदोमका राजालाई भने, “स्‍वर्ग र पृथ्‍वीका परमप्रभु, सर्वोच्‍च परमेश्‍वरमा मैले यसरी शपथ खाएको छु, कि एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईंको कुनै पनि थोक म लिनेछैनँ। नत्रता ‘मैले अब्रामलाई धनी तुल्‍याएँ’ भनेर तपाईंले भन्‍नुहुनेछ। मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भागबाहेक म केही हिस्‍सा लिनेछैनँ। आनेर, एश्‍कोल र मम्रेले चाहिँ आफ्‍ना भागहरू लिऊन्‌।”