कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्यका, अर्थात् राजाको उपत्यकामा सदोमका राजा तिनलाई भेट गर्न आए। अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्च परमेश्वरका पूजाहारी थिए। उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष् मिलोस्। सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनुभयो।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए। तब सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू मात्र देऊ, तर धनमालचाहिँ तिमी नै राख्नू।” तर अब्रामले सदोमका राजालाई भने, “स्वर्ग र पृथ्वीका परमप्रभु, सर्वोच्च परमेश्वरमा मैले यसरी शपथ खाएको छु, कि एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईंको कुनै पनि थोक म लिनेछैनँ। नत्रता ‘मैले अब्रामलाई धनी तुल्याएँ’ भनेर तपाईंले भन्नुहुनेछ। मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भागबाहेक म केही हिस्सा लिनेछैनँ। आनेर, एश्कोल र मम्रेले चाहिँ आफ्ना भागहरू लिऊन्।”
उत्पत्ति 14 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 14:17-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू