उत्‍पत्ति 14:17-20

उत्‍पत्ति 14:17-20 NNRV

कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्‍यका, अर्थात्‌ राजाको उपत्‍यकामा सदोमका राजा तिनलाई भेट गर्न आए। अनि शालेमका राजा मल्‍कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए। उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुहुने सर्वोच्‍च परमेश्‍वरबाट अब्रामलाई आशिष्‌ मिलोस्‌। सर्वोच्‍च परमेश्‍वर धन्‍यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्‍पिदिनुभयो।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए।