अब्राम, तिनकी पत्नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्लेर नेगेवमा आए। पालिने पशु, सुन र चाँदी भएकाले अब्राम अति धनाढ्य थिए। तिनी नेगेवबाट यात्रा गरेर बेथेलको त्यस ठाउँमा आइपुगे जहाँ अघि सुरुमा बेथेल र ऐको बीचमा तिनको पाल टाँगिएको थियो, र जहाँ तिनले पहिले वेदी बनाएका थिए। त्यहाँ अब्रामले परमप्रभुका नाउँको पुकारा गरे। अब्रामको साथमा लागेका लोतका पनि भेड़ाबाख्रा र गाईबस्तुहरूका बथान र पालहरू थिए। त्यस जमिनले तिनीहरू दुवैलाई सँगै रहेको अवस्थामा धान्न सकेन, किनकि तिनीहरूका भेड़ाबाख्रा र गाईबस्तुहरूको सम्पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्ने भए। अब्राम र लोतका गाईबस्तुका गोठालाहरूका बीचमा झगड़ा पनि भयो। त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बस्थे। यसैकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्, किनकि हामी त नातेदार हौं। सारा देश तिम्रै अगि छ। तिमी मबाट अलग होऊ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।” लोतले आफ्ना आँखा उठाएर हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, अथवा सोअरतिरको मिश्रदेशजस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो। (परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरो यो हो।) यसैकारण लोतले यर्दनको जम्मै बेँसी रोजेर पूर्वतिर लागे। यसरी यिनीहरू छुट्टिए।
उत्पत्ति 13 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 13:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू